मिडिया कप फुटसल प्रतियोगिताको उपाधि बुद्ध टेलिभिजनलाइ

रेडियो लुम्बिनी उपविजेता
खबरपथ संवाददाता
३ माघ २०७७, शनिबार २०:२५

बुटवल । प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता २०७७ को उपाधि बुद्ध सामुदायिक टेलिभिजनले हात पारेको छ ।

ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह आयोजनामा शनिबार भएको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता २०७७ मा रेडियो लुम्बिनीलाई ३-२ गोल अन्तरले पराजीत गर्दै बुद्ध टेलिभिजनले उपाधि प्राप्त गरेको हो ।

र्निधारित समयमा दुबै टिमबाट समान ३/३ गोल भएपछि बुद्ध टेलिभिजनले रेडियो लुम्बिनीलाई पोनाल्टीमा पराजीत गरेको हो । रोहित चौधरी, कमल थापा र दिनेश कुमार श्रेष्ठको निर्णायक एक गोलमा बिजयी भएको थियो ।

उपाधिसँगै बुद्ध टेलिभिजनले नगद रु १५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको भने उपविजेता बनेको रेडियो लुम्बिनीले नगद रु १० हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

त्यसैगरी प्रतियोगितामा बुद्ध टेलिभिजनका बिक्रम खड्का उत्कृष्ट खेलाडी, बुटवल टुडेका स्वस्तिक श्रेष्ठ सर्वाधिक गोलकर्ता र रेडियो लुम्बिनीका प्रकाश गौतमले उत्कृष्ट गोलकिप्परको उपाधि प्राप्त गरेका छन् भने राज्य टेलिभिजन अनुशासित टिम घोषित भई सम्मानित भएको छ ।

प्रतियोगिताका विजयीलाई पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसाल , निर्देशक श्रृष्टि अधिकारी, सह प्रायोजक हाइलाइफ फुड्सका अध्यक्ष पंकज ज्ञवालीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको औपचारिक समुद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु