संसद विघटन अनाधिकृत – गगन थापा

खबरपथ संवाददाता
८ माघ २०७७, बिहीबार २१:१८

बूटवल ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संसद विघटन अनाधिकृत ,असम्बेधानिक र अराजनितिक भएको बताउनूभएको छ ।

नेपाली काँग्रेस बुटवल नगर समितिले बिहिबार बुटवलमा आयोजना गरेको संसद  विघटन बिरुद्ध आयोजना गरिएको बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भन्नुभयो बहुमत प्राप्त प्रधानमन्त्रीले कुनै पनि बहानामा, कुनै पनि नाममा संसदलाई छुनै पाउँदैन, संसद प्रति नजर लगाएर हेर्न पाउँदैन, संसद भंग गर्ने त धेरै परको कुरा हो, यो अनधिकृत काम भएको बताउनूभएको छ ।

विघटित प्रतिनीधि सभाका सदस्य समेत रहनुभएका नेता थापाले संसद विघटनलाई सदर गरिदियो भने त्यसले आगामी दिनमा समेत गलत नजिर स्थापित गर्ने भन्दै गलत नजिर स्थापित हुन नदिको लागि पनि संसद पुनःस्थापना हुनुपर्ने अडान राख्नुभयो । उहाँले भन्नुभयो – हामीले नसामा लठ्ठीएर संविधान लेखेका होईनौं ।

बेन्चमा बसेका न्यायधिशहरु कुनै पनि कुराको प्रभावमा पर्न नहुने बताउँदै उहाँले भन्नुभयो–‘बाहिर भएको हल्लाले पनि प्रभावित नगरोस र बन्द कोठा भित्र भएको खासखुसले पनि प्रभावित नगरोस ।’ उहाँले न्यायधिशहरुलाई धर्म नछाड्न, न्याय गर्न, विवेक पु¥याउन र संविधानमा टेकेर निर्णय गर्नको लागि मात्रै आग्रह गरिएको भनाई राख्नुभयो । ‘मलाई अदालत माथी विश्वास छ, केही दिनभित्र अदालतले निर्णय गर्नेछ, संसद पुनःस्थापना हुन्छ, पुनःस्थापित संसदभित्र यसको हिसाव किताव हुन्छ’–उहाँले भन्नुभयो ।

पुनःस्थापित संसदले पनि न्याय गर्ने बताउँदै चुनाव हुन्छ की हुँदैन भन्ने कुरामा अलमलिनु नपर्ने समेत उहाँले बताउनुभयो । संसद पुनस्थापित भयो भने जुनबाटोबाट निर्वाचनमा जानुपर्ने हो त्यहि बाटोबाट निर्वाचन हुने उहाँले दावी गर्नुभयो । आज कसैले संसद पुनःस्थापनाको पक्षमा की निर्वाचनको पक्षमा भनेर सोध्यो भने यो प्रश्न नै गलत हुने बताउँदै नेता थापाले संविधानको पक्षमा हो वा होईन भन्यो भने मात्रै प्रश्न सहि हुने र सहि प्रश्नको सहि जवाफ पनि आउने उल्लेख गर्नुभयो ।

नेता थापाले प्रधानमन्त्री ओलीसंग सपना नभएको खोक्रो विश्वास मात्रै भएको बताउँदै योग्यता बिहिन शासक भएको दावी गर्नुभयो । योग्यता नभएका शासकमा खोक्रो विश्वास मात्रै हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो –‘प्रधानमन्त्री ओलीसंग योग्यता होईन अहंकार छ ।’

त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति हरि लम्सालले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको मुद्धामा नेपाली काँग्रेसको नेतृत्व प्रष्ट हुनु पर्ने बताउँदै संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेर निर्णय गरेको काँग्रेस केन्द्रीय समितिले आन्दोलन बाटो पनि तय गर्नुपर्ने भनाई राख्नुभयो । त्यस्तै नेकपाबाट हालै नेपाली काँग्रेसमा प्रवेश गरेका जितबहादुर मल्लले नेकपा सिद्धिएको दावी गर्नुभयो । उहाँले नेकपामा ओली या प्रचण्ड–माधव समुह कता भन्नुभन्दा पनि अव नेपाली काँग्रेसको छातामुनी आउन आग्रह गर्नुभयो ।
नेगर सभापति खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश, प्रदेश सभा सदस्य पुष्पा चौधरी, उपसभापति बिमलराज भट्टराई, सचिव ज्योती भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*