ओली समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

खबरपथ संवाददाता
२३ माघ २०७७, शुक्रबार १३:०१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । यस अघि प्रचण्ड माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

ओली समूहले शुक्रबार आमसभा गर्नका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छ । शुक्रबारको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी ओली समूहका नेताले गरेका छन् ।

सभालाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सभाको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपास समेत गरेको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा २ टुक्रा भएको छ । त्यस यता दुवै समूहले सडक प्रदर्शन र भेलालाई तीव्र बनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*