ओली समूहद्धारा काठमाण्डौमा शक्ति प्रदर्शन

खबरपथ संवाददाता
२३ माघ २०७७, शुक्रबार १५:३०

काठमाडौँ । नेकपाको ओली समूहले शुक्रवार काठमाण्डौमा शक्ति प्रदर्शन गरेको छ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायतले सम्बोधन गर्नुभएको छ ।

शभा सुरु हुनुभन्दा अगाडि विभिन्न ठाउँबाट जुलुस निकालिएको थियो । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक, बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको थियो । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सत्तारुढ नेकपा औपचारिक रूपमा दुई समूहमा विभाजित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*