नेकपाको कुन पक्ष सक्कली र नक्कली भन्ने विवाद सकियो – प्रधानमन्त्री ओली

खबरपथ संवाददाता
२३ माघ २०७७, शुक्रबार १५:५३

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको कुन पक्ष सक्कली र नक्कली भन्ने विवाद टुंगिएको बताउनुभएको छ ।

शुक्रबार नारायणहिटी दरबार अगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको कुन पक्ष सक्कली र कुन नक्कली भन्ने विवाद सकिएको ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो , ‘आज हामीलाई काठमाडौंमा सभा गर्ने ठाउँ भएन, जुन ठाउँ गए पनि अरुलाई त्यो ठाँउ ठूलो हुन्छ, हामीलाई सबै ठाउँ सानो भयो। हामीले सबैभन्दा ठूलो ठाउँ छान्यौं, तै पनि मानिसहरु अटेका छैनन्। फेरि पनि मानिसहरु सोधिरहेका छन् मुल पार्टी कुन हो ? अझै पनि कोही अलमलमा छन् भने कठैबरा भन्न सकिन्छ।’

ओलीले भन्नुभयो यही हो मूल पार्टी । देशकै मूल पार्टी हो । देशकै सबैभन्दा ठुलो पार्टी । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा गर्ने पाटी हो ।’

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उहाँको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु