देश बनाउने उद्धेश्य नमिलेका तत्वहरु बाहिरीए – प्रधानमन्त्री ओली

खबरपथ संवाददाता
१ फाल्गुन २०७७, शनिबार २०:५०

बुटवल ।  नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले देश बनाउने उद्धेश्य नमिलेका केही तत्वहरु बाहिरीएको बताए । उनले भने केही मानिसहरुले देश बनाउने उद्धेश्य नभई आफू बन्ने उद्धेश्य छोडेनन्, एकताको उद्धेश्य नभई फाटो ल्याउने उद्धेश्य छोडेनन, पार्टी बलियो बनाउने नभई गुटबनाउने काम छोडेनन जसको फल स्वरुप केही उद्धेश्य नमिलेका तत्वहरु बाहिरीएको बताए् ।

नेकपा ओली समूहले आज बुुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने उद्धेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए, बाहिरिए, अहिले आत्तिएर सडकमा हिँडेका छन ।

उनले भने जनताको बिचमा जानु प्रतिगमन हो रे, संसद विघटन प्रतिगमन हो रे, जनताको बिचमा जानु र ताजाजनादेशमा जानु प्रतिगमन हो भने कस्तो शासनको कल्पना गरेको हो ? ओलीले भने ।

प्रधानमन्त्री ओलीले निर्वाचन गरी ताजा जनादेशबाट निकास निस्कने बताउँदै किनबेच र साँठगाँठमा देशलाई अस्थिरतामा धके्रल्न खोजिएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका छन् । देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै उनने भने, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जनसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।’

उनले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताए । धारा ७६ .१० को प्रधानमन्त्रीले ७६.७० बमोजित संसद विघटन गरेको र यो संविधान सम्मवत भएको उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले अघि भने, ‘देशलाई अदालतले अस्थिरतातिर फर्काउने छैन भन्ने विश्वास छ ।’ संसद पुनर्स्थापना भयो भने कुनै पनि पार्टीको बहुमत नहुने र त्यस्तो बेला अस्थिरता आउने उनले बताए । उनले अघि भने, ‘अब सोझै जनतामा जनादेशमा जानुपर्छ ।’

प्रचण्ड-माधव समूहतर्फ संकेत गर्दै उनले कसको पक्षमा जनता छन् भन्ने मतदानबाट गनौंला । आफ्नो पार्टीले प्रत्यक्षतर्फ बहुमत र समानुपातिकतर्फ ५० लाख मत ल्याउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु