नेकपाको दाहाल-नेपाल समूह केन्द्रीय सदस्यको परिचय खुल्ने कागजातसहित निर्वाचन आयोग जाँदै

खबरपथ संवाददाता
७ फाल्गुन २०७७, शुक्रबार १२:५७

काठमाडौँ । नेकपाको दाहाल-नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न बहुमत केन्द्रीय सदस्यहरुको परिचय खुल्ने कागजात सहित निर्वाचन आयोग जाने भएका छन् ।

केन्द्रीय समितिको साविकको ४४१ सदस्यमध्ये आफूसँग ३१५ जना सदस्य रहेको दाबी गर्दै आएको यो समूह नागरिकता वा पार्टीको परिचयसहित निर्वाचन आयोग जान लागेका हुन ।

सबै केन्द्रीय सदस्यहरुलाई मध्याह्नसम्म पार्टी कार्यालय पेरिसडाँडामा परिचय खुल्ने कागजात बुझाउन निर्देशन दिइएको छ । तर, सबै सदस्यहरूको कागजात संकलन भएपछि आजै निर्वाचन आयोग जाने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

यसअघि दाहाल-नेपाल समूहले आफ्नो पार्टी आधिकारिक रहेको प्रमाणस्वरूप गत पुस ८ मा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु