प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

खबरपथ संवाददाता
७ फाल्गुन २०७७, शुक्रबार २२:२५

काठमाडाैँ। प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा (अहिराज) नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।  राजेश मधेश मामिलाका जानकार मानिन्छन्।

यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई दिनेश परियारलाई प्रदेश २ को प्रदेश प्रमुख पदबाट पदमुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु