ओली समूहको स्थायी कमिटी बैठक बस्दै

खबरपथ संवाददाता
१२ फाल्गुन २०७७, बुधबार ०८:५२

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।  ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बुधबार बिहान ११ बजे स्थायी कमिटी बैठक राखेका हुन् ।

‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखिएको हो,’ ज्ञवालीले भने । बैठक बालुवाटारमा बस्ने छ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु