
संसद पुर्नस्थापनाको खुसियालीमा प्रचण्ड -माधव पक्षको रुपन्देहीमा रयाली

भैरहवा । सार्वोच्चले संसद पुर्नस्थापना गरेको खुसियालीमा नेकपा प्रचण्ड – माधव पक्षले रुपन्देहीमा खुसीयालि रयाली निकालेको छ ।
जिल्ला सदरमुकाम भैरहवाको बुद्धचौंकबाट शुरु भएको रयाली ब्रमेलिटोल, नारयणस्थान, प्रहरीटोल हुदैं मिलनचौंकमा पुगेर कोणसभामा परिणत भएको थियो । रयालीमा सहभागीले सर्वोच्च अदालतको फैसला स्वागत गर्छौ, स्वागत गर्छौ ,नेकपा जिन्दाबाद, नेपाली जनता जिन्दाबाद ,नागरिक आन्दोलनकर्मि धन्यवाद , प्रधानमन्त्री नैतिकताको आधारमा राजिनाम देऊ ,यो जित कसको जनताको भन्ने किसीमका नाराबाजी गरेका थिए ।
झन्डा र ब्यानरसहित सहभागीहरुको रयाली मिलन चौंकमा पुगी कोण सभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्यहरु बामदेब क्षेत्री, हकिकुल्लाह खान, संविधानसभा सदस्य आदीत्यनारयण कसौधन, नेकपा जिल्ला अध्यक्ष राजु गुरुंग लगातयले सर्वोच्च अदालतले जनताको सर्वोच्चतालाई कायम गरिदिएको बताए ।