प्रचण्ड-माधव समूहको सचिवालय बैठक जारी

खबरपथ संवाददाता
१७ फाल्गुन २०७७, सोमबार ११:००

काठमाण्डौं । नेकपाका प्रचण्ड – नेपाल पक्षको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । सोमबार नेकपा संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बसेको बताईएको छ । यस बाहेक निर्वाचन आयोगले पार्टी वैधानिकता विवाद नटुंग्याएको विषयमा पनि छलफल हुने भएको छ ।

सर्वोच्च अदालतले गएको ११ फागुनमा संसद् पुनस्र्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि सरकारले २३ फागुनमा बैठक बोलाएको हो ।

बैठकमा अध्यक्षद्धय प्रचण्ड, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु