प्रचण्ड-नेपाल पक्षले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने

खबरपथ संवाददाता
१७ फाल्गुन २०७७, सोमबार १५:२१

काठमाडौँ । प्रचण्ड–नेपाल पक्षको नेकपाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

बैठक बोलाउने भनिए पनि मिति भने नतोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड-नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र पारेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको बैठक आगामी फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको छ । यस अघि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु