
जिम्मेवारीबाट कांग्रेस भाग्दैन: सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताउनुभएको छ । बुधबार चितवनमा आयोजित कार्यक्रममा कांग्रेसलाई पदको लोभ नभएको तर टाउकोमा जिम्मेवारी आएमा नभाग्ने बताउनुभएको हो ।
‘मलाई र कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्दा पनि भागिन्न,’ देउवाले कार्यक्रममा भन्नुभयो , ‘काँधमा जिम्मेवारीबाट भाग्ने पक्षमा हामी छैनौं ।’ पुस ५ गते प्रधानमन्त्री केपी अोलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ ।
एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गर्नुभएको छ भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गर्नभएको छ । फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपाका दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् । देउवाले आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको र आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने बताउनुभयो ।