म्यानमारमा सुरक्षाकर्मीको गोली लागी ३८ प्रदर्शनकारीको मृत्यु

खबरपथ संवाददाता
२० फाल्गुन २०७७, बिहीबार ०८:०१

काठमाडौं । म्यानमारमा सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जनाको मृत्युभएको छ ।

बुधवार म्यान्मारको सेनाले सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि ‘बिना चेतावनी’ गोली चलाउँदा कम्तीमा ३८ जना मारिएको बीबीसीले जनाएको छ । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् ।

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको छ ।

प्रदर्शनकारीहरूले सेनाले सत्ता हातमा लिएपछि नियन्त्रणमा लिइएकी नेत्री आङ सान सू चीसहित निर्वाचित सरकारका नेताहरूलाई रिहाइ र  सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् ।

सैनिक ‘कू’को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्रदर्शन हुँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*