काठमाडौँ आइपुगे विप्लव, आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

खबरपथ संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार १३:४४

काठमाडौँ । सरकारसँग तीन बुँदे सहमति भएसँगै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँ आएका छन् ।

उनी आजै बिहान नवलपुरमा सार्वजनिक भएका थिए । विप्लव पश्चिम नेपाल रोल्पाबाट गए राति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए।

अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी बिहानै हिँडेका उनी काठमाडौँ आइपुगेका छन् ।

उनले आजै दिउँसो राष्ट्रिय सभामा आयोजित समारोह सम्बोधन गर्नेछन् । सभामा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु