नेपाल शान्तिपूर्ण युगमा प्रवेश : प्रधानमन्त्री ओली

खबरपथ संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार २२:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा ओलीले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताउनुभएको हो ।

ओलीले भन्नुभयो, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’

उहाँले  महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताउनुभयो । लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको भन्दै उहाँले भन्नुभयो , ‘यो फोर्स ल्याण्डिङ पनि होइन, क्र्यास ल्याण्डिङ पनि होइन, सेफ ल्याण्डिङ हो ।’

शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको पनि उहाँले बताउनुभयो । ओलीले भन्नुभयो ‘यो साहसिक कदम हो ।’

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु