प्रतिनिधिसभाको बैठक आज शुरू हुँदै

खबरपथ संवाददाता
२३ फाल्गुन २०७७, आईतवार ०७:५०

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आइतबार अपरान्ह चार बजेदेखि बस्दैछ । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो । सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।

औपचारिक रुपमा विभाजित नभइसकेको नेकपाको दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा रहनुभएको देखिन्छ ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन हुनेछ । त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिने छ ।

विधेयक अधिवेशनका रुपमा रहने यो हिँउदे अधिवेशनमा प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरु पनि पेश हुने छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु