दाहाल-नेपाल समूहद्धारा संसद बैठक बहिस्कार

खबरपथ संवाददाता
२३ फाल्गुन २०७७, आईतवार १८:२४

काठमाडौं । दाहाल-नेपाल समूहद्धारा आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।  प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा दाहाल-नेपाल समूहका संसद बैठक बहिस्कार गरेका हुन् ।

बैठकको सुरुमा नै प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए । तर भीम रावलले आफूहरुको विरोध रहेको बताएका थिए । सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु