
संसद बैठक आगामी फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं । संसद बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।
१० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित भएको हो । संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।
यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो ।