१४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने केन्द्रिय सदस्य गुरुङको उद्घोष

खबरपथ संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार २०:२८

बुटवल । नेपाली काङ्ग्रेसका नेता कल्याण गुरुङ्गले  आगामी १४ औ महाधिवेशनमा केन्द्रिय सभापतिमा आफुले उमेद्धवारी दिने उद्घोष गरेका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलय बुटवलले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ्गले अबको नेतृत्व युवा पुस्ताले लिनुपर्ने आवश्यकता भएकाले आफूले उमेद्धवारी घोषणा गरेको बताए । गुरुङ्गले भने परिर्वतनको लागि कसै न कसैले साहसीक कदम चाल्नु पर्ने जरुरी भएकाले आफ्नो उमेदवारी फिर्ता नहुने ठोकुवा गरे ।

साक्षत्कारमा बोल्दै उनले भने – ‘म कल्याण गुरुङ, नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा केन्द्रिय सभापति पदमा उम्मेदवारी दिन्छु । १ दिन्छु २ दिन्छु ३ दिन्छु । ‘

गुरुङ्गले कम्युनिष्टलाई जनताले ठुलो आसा र भरोसाका साथ करिब दुईतिहाईको मत दिएर सरकारमा पठाए तर आज जनताको मतको अपमान हुनुको साथै मुलुकलाई अस्तिरता तर्फ धकलियो । उनले सर्वोच्चको पछिल्लो फैसलाले जनताको भावनाको कदर गरेको बताए ।

उनले काङ्ग्रेस पार्टी जनताको र राष्ट्रको हितमा सधै उभिने पार्टी भएकोले अहिले देखिएको राजनितिक तरलतालाई पनि सबै दलको सहमतिमा काङ्ग्रेसले नै पार लगाउने बताए ।

नेता गुरुङ्गले भने सरकारको नेतृत्वको लागि दलहरुबाट काङ्ग्रेसलाई प्रस्ताव आईरहेको तर काङ्ग्रेसले सरकार र संसदको गंतव्य निक्यौल भएपछि मात्रै सरकारमा जानुपर्ने बताए ।  कार्यक्रम रिपोर्टर्स कलब नेपाल लुम्बिीनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*