माओवादी केन्द्रले शनिवार बिहानै बोलायो स्थायी कमिटी बैठक

खबरपथ संवाददाता
२९ फाल्गुन २०७७, शनिबार ०८:३२

काठमाडौँ । नेकपा माओवादी केन्द्रले शनिवार विहानै स्थायी कमिटीको बैठक बोलाएको छ । शनिवार बिहान ९ बजे डाकिएको बैठकमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल र सम्भावित समीकरणको विषयमा छलफल हुने जनाइएको छ ।

माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा लगायत २३ जनालाई माओवादी केन्द्रमा नै फर्कन आह्वान गर्ने र मौका दिँदा पनि नफर्किएमा उनीहरूलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ ।

यस्तै एमाले नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतकालाई अध्यक्ष केपी ओलीले जिम्मेवारी खोस्दै अघि बढेको विषयमा पनि बैठकमा छलफलको तयारी भएको जनाइएको छ ।

नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई खबरै नगरी विभिन्न पार्टी कमिटी पुनर्गठन गरेको थियो । सो लगत्तै माधव नेपाल पक्षको शुक्रबारै बसेको स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*