बादलसहितका मन्त्रीलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन

खबरपथ संवाददाता
२९ फाल्गुन २०७७, शनिबार १०:४९

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन् ।  । उनीहरु पार्टीमा नफर्की केपी ओली नेतृत्वको एमालेतिर लागेका छन् भने एमालेले केन्द्रीय सदस्यसहितका जिम्मेवारी समेत दिइसकेको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*