प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

खबरपथ संवाददाता
४ चैत्र २०७७, बुधबार २०:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ११ बजे संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु