झलनाथ र माधव नेपाल सहितको एमाले संसदीय बोर्ड गठन

खबरपथ संवाददाता
५ चैत्र २०७७, बिहीबार १६:१८

काठमाण्डौं । केपी शर्मा ओली नेतृत्वको एमालेले झलनाथ खनाल र माधव नेपाल सहितको संसदीय बोर्ड गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको दलको बैठकले खनाल-नेपाल सहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।

बोर्डको प्रमुखमा दलका नेता केपी ओली रहेका छन् । त्यसैगरी सदस्यहरूमा सुवास नेम्वाङ, विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्य बनाइएको छ ।  त्यसबाहेक झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा शेरबहादुर तामाङ, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ, नारदमणि राना, मोहन बाँनिया, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बिक छन्।

बैठकले २७ सदस्यीय संसदीय बोर्डका लागि बाँकी ३ जना पछि मनोनयन गर्ने भएको शेरबहादुर तामाङले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*