नेपाल-खनाल समूहको राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित
काठमाडौं । नेपाल – खनाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । बिहिबार भेलाको दोस्रो दिन एमाले नेता भीम रावलले पेश गरेको १७ बुँदे प्रस्ताव छलफल पछि पारित गरेको हो ।
प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठक भनी गरेको विभिन्न निर्णयलाई अस्वीकार गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै राष्ट्रिय सम्मेलनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको स्वागत गरेको छ भने एमाले र माओवादी पार्टी ब्युँताउने फैसला प्रति असहमति प्रकट गरेको छ ।
भेलामा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्की दिएको भन्दै सम्मेलनले गुट र सत्ता स्वार्थमा पार्टीको दुरुपयोग नगर्न ओलीलाई आग्रह गरेको छ ।
राष्ट्रिय भेला एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा बुधबार सुरू भएको थियो।
१७ बुँदे प्रस्तावहरु :