कांग्रेस नेता जोशीको उपचारमा १० लाख सहयोग गर्ने सरकारको निर्णय
काठमाडौँ। नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारले निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।
नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न थापाथली पुगेका उपप्रधानमन्त्री पोखरेलले सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको परिवारजनलाई जानकारी गराएका छन् ।
जोशीलाई भेन्टिलेटरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।