नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

खबरपथ संवाददाता
७ चैत्र २०७७, शनिबार १९:२३

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल सहित चार नेतालाई  स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी हित विपरित काम गरेको भन्दै चार नेतालाई  स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले  माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टी हितविरूद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराई गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

त्यस्तै,  संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरर्फेर गर्ने अधिकार पनि पार्टी अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गरिएको छ।

यस्तै, बैठकले अदालत निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय समेत गरेको छ।

यस्तै, बैठकले संसदीय दलको विधान अनुमोदन समेत गरेको छ। पार्टीको निर्णयविपरीत चल्नेहरूलाई कारबाही गर्नका लागि विधान संशोधनका लागि कार्यदल समेत गठन गरेको थियो।

बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्य भने सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु