अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

खबरपथ संवाददाता
२ बैशाख २०७८, बिहीबार १३:२३

पोखरा । अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि गण्डकी प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ ।

सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।

अधिवेशन २५ चैतमा मात्र सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु