लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदहरुले मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
मुख्यमन्त्री पोखरेल बिरुद्ध अविस्वासको प्रस्तावसंगै नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । केसी पोखरेल सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् ।
लुम्बिनी प्रदेश सभामा ८७ सांसद मध्ये माओवादीका दुई जना सांसद एमालेमा गएपछि माओवादीले कारवाही गरिसकेको छ, उनीहरु पदमुक्त भईसकेका छन् । त्यस अनुसार अव लुम्बिनीमा सरकार बनाउन ४३ सांसद आवश्यक छ । लुम्बिनीमा एमालेका ४१ जना प्रदेश सभा सदस्य छन् भने बाँकी नेपाली काँग्रेसका १९, माओवादीका १७, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।