लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट बनेका दुई मन्त्रीले दिए राजीनामा

खबरपथ संवाददाता
६ बैशाख २०७८, सोमबार १७:१८

बुटवल । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट बनेका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेसंगै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक बिकास मन्त्री सुदर्शन बरालले आफ्नो पदबाट राजीनामा दिएका हुन ।
मन्त्री द्वयले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रदेश प्रमुख सचिव भरतमणी सुवेदीलाई राजीनामा पत्र बुझाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*