
नेपालले दियाे नेदरल्याण्ड्सलाई २०७ रनकाे लक्ष्य

काठमाण्डाै । नेपालले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई दुई सय सात रनकाे लक्ष्य दिएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएकाे हाे ।
नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियाेगितामा कुशलकाे याे लगातार तेस्राे अर्धशतक हाे । त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनकाे याेगदान गरे । त्यस्तै साेमपाल कामीले अविजित २१ रन बनाए ।
नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुई/दुई विकेट लिए ।
प्रतियाेगितामा नेपालले यसअघिका दुई वटै खेल जितेकाे छ । याे खेल जितेमा नेपाल एक खेल अघि नै फाइनलमा पुग्नेछ ।