मेरियट होटलमा ओली–नेपाल भेटवार्ता सुरु

खबरपथ संवाददाता
९ बैशाख २०७८, बिहीबार १४:४१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ ।

बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो र बिहीबार पुनः कुराकानी हुने भनिएको थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।

बुधबारको भेटसँगै लामो संवादहीनता तोडिएको नेताहरूले बताएका थिए, तर सहमतिको कुनै प्रस्ताव नआएको उनीहरूको भनाइ छ ।
आजको भेटलाई हिजो कै निरन्तरताका रूपमा नेताहरूले अर्थ्याएका छन्। नेता नेपालले फागुन २८ को निर्णय सच्याउन ओलीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु