ओली–नेपाल भेटवार्ता सकियो

खबरपथ संवाददाता
९ बैशाख २०७८, बिहीबार १७:४८

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भएको भेटवार्ता सकिएको छ । लगभग डेढ महिना लामो सम्वादहिनतालाई तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । आज बिहिवार पनि मेरियट होटलमा दुई नेताबीच डेढ घण्टा कुराकानी भएको छ ।

कुराकानी पछि एमाले नेता माधवकुमार नेपालले वार्तामा कुनै प्रगति नभएको बताएका छन् । वार्ता सकेर प्रधानमन्त्री ओली होटलबाट बाहिरिए पछि उनका आर्थिक सल्लाहकार मोतीलाल दुगडले नेता नेपालसँग छलफल गरेका थिए ।

दुगडले भने दुई नेताबीचको वार्ता सकारात्मक भइरहेको दाबी गरे।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु