
अविश्वासको प्रस्ताव पेश गर्न ढिला गर्न हुन्न : नेता पौडेल

बुटवल । देश अप्ठ्यारो स्थितीमा रहेको अवस्थालाई स्थिरता दिन र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नका निम्ती संसद्मामा अविश्वासको प्रस्ताव पेश गर्न ढिलाई गर्न नहुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले वताएका छन् ।
रिर्पोट्स क्लव नेपाल लुम्विनी प्रदेशले शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै, नेता पौडेलले अविश्वासको प्रस्ताव पेश गर्न जति ढिलाई गरिन्छ, त्यति नै देशमा थप संकट आउने बताए ।
नेता पौडेलले भने, नेकपा माओवादी (केन्द्र) दुई धारको चरित्र चित्रण गर्दै आएको भन्दै यता सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने, उता सरकारको पनि विरोध गर्दै जाने यो कस्तो प्रवृती हो भनी प्रश्न समेत गरेका थिए । नेता पौडेलले प्रधानमन्त्री ओली पूर्ण रुपमा असफल भएको बताउँदै ओलीले देश निर्माण, नेपाली जनताको समस्याहरू समाधान गर्नुको साटो आफू र आफ्ना आसेपासेहरूलाई मात्र खुसी पारेको तर्क गरे । पौडेलले ओलीमा अहंकार, दम्भ बढेको भन्दै ओलीको विकल्प नखोजे मुलुकमा अस्थिरता बढ्ने बताए ।
कार्यक्रममा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले माधव कुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गर्नका लागि आफ्नो पार्टीलाई साथ दिने सहमति जनाएको वताए । उनले भने, प्रधानमन्त्री ओलीले एमसिसिको प्रस्ताव ल्याएर सभामुख माथि विभिन्न लान्छाना लगाउन खोजेको जिकिर गर्दै आफु माथि अविश्वासको प्रस्ताव पेश हुन्छ कि भन्ने आशंकाले संसद्को विजनेश नचलेको वाहाना वनाउँदै संसद् वन्द गरेको ठोकुवा गरे ।
यस्तै, नेता क्षेत्रीले अहिले देखिएको राजनितिक अवस्थालाई समयमै समाधान गर्न सकिएन भने, जनताको ठूलो वलिदान द्धारा प्राप्त उपलब्धिहरु नखोसिएलान् भन्न नसकिने बताए ।
रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा र प्रदिप आचार्य भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।