मन्त्री बनेका मनाङेले लिए सपथ

खबरपथ संवाददाता
१६ बैशाख २०७८, बिहीबार १८:२५

पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्री नियुक्त भएका दीपक मनाङे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गर्दै मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मनाङे मनाङ प्रदेश ‘ख’ बाट स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु