शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने एमाले संसदीय दलको निर्णय

खबरपथ संवाददाता
१९ बैशाख २०७८, आईतवार १३:१३

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ । आजै मुख्यमन्त्री पदबाट आजीनामा दिएका पोखरेलको नेतृत्वमा फेरि नयाँ सरकार गठन गर्ने निर्णय गरेको हो ।

आइतबार बिहान बुटवलमा बसेको बैठकले पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।

८१ जना सांसद रहेको लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका ४१ सांसद छन्, जुन एकल बहुमतको सरकार बनाउन सक्ने संख्या हो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु