लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

खबरपथ संवाददाता
१९ बैशाख २०७८, आईतवार १८:३५

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१)  बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

तीन वर्ष अघि धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आजै बिहान मात्र राजीनामा दिनुभएको थियो । राजीनामा दिए लगतै पोख्रेलले बहुमत सदस्यको हस्ताक्षर सहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेकाले पोखरेल सँग बहुमत नभएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मुख्यमन्त्री नियुक्त नगर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु