श्रीवास्तव र शाहीको मुख्यमन्त्री पोखरेललाई नै समर्थन

खबरपथ संवाददाता
२० बैशाख २०७८, सोमबार १३:४१

बुटवल । लुम्बिनी प्रदेशका दुई स्वतन्त्र साँसद एमालेमा लागेका छन् । सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेल कै पक्षमा उभिएका हुन ।

श्रीवास्तव र शाही आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका थिए ।

तर सोमबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको बताएका छन् । आफूहरु एमाले संसदीय दलप्रति प्रतिवद्ध रहेको भन्दै उनीहरुले भनेका छन्, ‘माननीय कुलप्रसाद केसी समेतले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।’

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु