एमालेबाट राजीनामा दिएका सांसद पाण्डे कांग्रेसमा प्रवेश

खबरपथ संवाददाता
२० बैशाख २०७८, सोमबार १८:२९

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्यबाट आईतबार राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर स्वागत गर्दे उन लाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने पनि घोषणा गरे ।

कांग्रेसबाट लामो समय राजनीति गरेका उनी चुनावका बेला एमालेमा प्रवेश गरेका थिए । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ को १ बाट उनले चुनाव जितेका थिए । उनलाई एमालेले प्रदेश सभाको सामाजिक समिति सभापति समेत बनाएको थियो । पाण्डेले अबको राजनीति कांग्रेसबाटै गर्ने र जनताको सेवा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु