राष्ट्रपति भण्डारीद्धारा सात अध्यादेश जारी

खबरपथ संवाददाता
२१ बैशाख २०७८, मंगलवार १७:११

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सात वटा अध्यादेश जारीजारी गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले यौन हिंसाविरूद्धका केही ऐन संशोधन, संवैधानिक परिषद सम्बन्धी, फौजदारी कसुर तथा फौजदारी कार्यविधि लगायत अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु