मुख्यमन्त्री शंकर पोखरेलद्धारा मन्त्रीमण्डल विस्तार, १० सदस्यीय मन्त्री मण्डल गठन

खबरपथ संवाददाता
२१ बैशाख २०७८, मंगलवार २१:३१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । आइतबार दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएका पोखरेलले सपथ ग्रहण गरे सँगै चार जना मन्त्री थप गर्नुभएको थियो । त्यसैगरी मुख्यमन्त्री पोखरेलले सोमबार दुई जना र मंगलबार तीन जना मन्त्री थप गरी १० सदस्यीय मन्त्री मण्डल गठन गर्नुभएको छ ।

पोखरेलले  मंगलबार रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास र अर्घाखाँचीका चेतनारायण आचार्यलाई  आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

सोमबार मात्रै शिक्षा तथा सामाजिक विकास मन्त्री बनेकी जनता समाजवादी पार्टिकी कल्पना पाण्डेलाई एक दिन मै मन्त्रालय हेरफेर गरी उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएर श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्री बनाइएको हो ।

मुख्यमन्त्री पोखरेलले यसअघि आइतबार आर्थिक मामिला तथा योजना मन्त्रीमा वैजनाथ चौधरी, ग्रामीण तथा सहरी विकास मन्त्रीमा हरिप्रसाद रिजाल, जसपाका सन्तोष पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री र विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गर्नुभएको थियो ।

त्यस्तै, सोमबार कल्पना पाण्डे सँगै जसपा कै सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*