ओली सरकार अल्पमतमा, माओवादीले लियो समर्थन फिर्ता
खबरपथ संवाददाता
२२ बैशाख २०७८, बुधबार १५:१४
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिए सँगै सरकार अल्पमतमा परेको छ ।
बुधबार बिहान माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले समर्थन फिर्ताको पत्र संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।
अल्मपतमा परेका प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिंदैछन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने छ ।