गण्डकीका मुख्यमन्त्री गुरूङले दिए राजीनामा

खबरपथ संवाददाता
२६ बैशाख २०७८, आईतवार १७:३६

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएका छन् । आइतबार गुरूङले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले गण्डकी प्रदेश सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्ययूची राखिएको थियो ।

मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु