जसपाले विश्वासको मतमा ह्वीप नलगाउने

खबरपथ संवाददाता
२६ बैशाख २०७८, आईतवार १९:५४

काठमाण्डौं । जनता समाजवादी पार्टीले सोमबार प्रतिनिधि सभामा हुने प्रधानमन्त्री ओलीकोे विश्वासको प्रस्ताव माथिको मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने भएको छ ।

आइतबार पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवास टोखामा बसेको शीर्ष नेताको बैठकले मतदानमा ह्वीप नलगाउने निर्णय गरेको हो ।

बैठक पछि जसपा सांसद राजेन्द्र श्रेष्ठले भने  ‘भोलि हामी ओलीको विपक्षमा मतदान गर्छौ । तटस्थ बस्नेहरू तटस्थ बस्छन् । पार्टीले ह्वीप चाहिँ लगाउँदैन’ । आइतबार बिहान महन्थ– राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए र तटस्थ बस्ने बताएका थिए ।

संघीय परिषद्का संयोजक डा .बाबुराम भट्टराईको निवास टोखामा बसेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु