
प्रधानमन्त्रीले विश्वासको मत लिन संसद बैठक सुरु
खबरपथ संवाददाता
२७ बैशाख २०७८, सोमबार १३:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया सुरु भएको छ ।
संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गरेका छन् ।
त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक फेरि सुरु भएको छ ।