प्रधानमन्त्री ओलीले पाएनन विश्वासको मत, स्वतः पदमुक्त

खबरपथ संवाददाता
२७ बैशाख २०७८, सोमबार १८:०९

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन असफल भएका छन् । सोमबारको प्रतिनिधिसभाको बिशेष बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा ओलीले विश्वासको मत लिन असफल भएका हुन् ।

संसदमा उपस्थित जम्मा संख्या २३२ रहेकोमा उनको पक्षमा ९३ मत मात्र परेको छ । विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

तत्काल कायम रहेको संख्याको बहुमत नरहेकाले प्रस्ताव अस्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरे ।

प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।

विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए । एमालेका कुल १२१ जना सांसद थिए ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन् । खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु