नयाँ सरकार गठनका लागी छलफल गर्न देउवाले बोलाए बैठक

खबरपथ संवाददाता
२८ बैशाख २०७८, मंगलवार १०:१३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न तीन दलको बैठक बोलाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरे पछि देउवा निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा खेमा नयाँ सरकार गठनका लागि अग्रसर भए पनि जसपाको महन्थ ठाकुर समूहले साथ नदिए सम्म सरकार बन्ने सम्भावना छैन । ठाकुरले नयाँ सरकार बनाउने कसरतमा नलाग्ने घोषणा समेत गरिसकेका छन् ।

प्रम ओलीले विश्वासको मत गुमाए लगत्तै सोमबार नै ने.का. सभापति देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु