माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

खबरपथ संवाददाता
३० बैशाख २०७८, बिहीबार ११:५१

काठमाडौं । नेकपा एमालेले माधव नेपाल सहित चार नेतामाथिको गरेको कारबाही फुकुवा गरेको छ ।

विहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेताहरु नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाल माथिको कारवाही फुकुवा गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखे पछि बैठकले अनुमोदन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य नेम्वाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु