प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । शुक्रबार शितल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
गठबन्धन सरकारका लागि दिएको समय सीमा सकिए पछि बिहिबार राति राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबै भन्दा ठूलो दल संसदिय दलको नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।