राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित

खबरपथ संवाददाता
१ जेष्ठ २०७८, शनिबार १७:१६

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढदै गएका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय महाधिवेशन स्थगित भएको छ ।

यहि जेष्ठ २२-२५ गतेसम्म काठमाडौंमा हुने भनिएको केन्द्रिय महाधिवेशन हाललाइ स्थगित गरिएको राप्रपाले जनएको छ। राप्रपा केन्द्रिय सचिवालय प्रमुख द्वय ध्रुव बहादुर प्रधान र भास्कर भद्राले एक बिज्ञप्ति जारी गरि संक्रमण भयावह रुपमा फैलिरहेकोले राप्रपाको महाधिवेशन स्थगित भएको जनाइएको छ ।
राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीको शनिवार बसेको बैठकले हाललाइ महाधिवेशन स्थगित गर्ने निर्णय गरेको जारी बिज्ञप्तिमा उल्लेख्य छ ।

राप्रपाको आगामी महाधिवेशनको अर्को मिति उपयुक्त समयमा घोषणा गरिने जनाईएको छ । यसैगरी पार्टीको निर्देशन समिती ५ दिनभित्रै गठन हुने समेत बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*